spot_img

सामाखुसीमा राजावादी समूहको भेला रोकेपछि तनाव

spot_img
spot_img

काठमाडौ,०१ कात्तिक । सामाखुसी क्षेत्रमा शनिबार बिहान राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै भेला भएका शाही युवा शक्ति नेपाल, एटीएफ (अलायन्स टु फर द किङ) र अन्य राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोक्का गरेको छ।

उनीहरूले राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचारमुक्त शासन व्यवस्था र राष्ट्रिय एकताको पुनर्संरचना माग गर्दै सामाखुसी र एकान्तकुनाबाट नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेका थिए। तर, प्रहरीको कडा निगरानीका कारण र्‍याली सुरु हुन नपाउँदै अवरुद्ध भएको हो।

प्रहरीका अनुसार, बिना अनुमति र्‍याली गर्ने प्रयास भएकाले जनसुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न रोक लगाइएको हो। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक अधिकृतका अनुसार, “राजावादी समूहले प्रशासनिक अनुमति नलिई भीड जम्मा गरेकोले उनीहरूलाई रोकिएको हो।”

र्‍यालीका लागि राजधानीका विभिन्न स्थानबाट दर्जनौं मोटरसाइकलमा युवा समूह सामाखुसीतर्फ आएका थिए। प्रहरीले उनीहरूलाई घेरा हाली सो क्षेत्रमै नियन्त्रणमा राखेको थियो। केही युवाले नाराबाजी गरेपछि सामाखुसीको सडकमा केही समय जाम समेत भएको स्थानीयले बताए।

राजावादी समूहले भने संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको माग गर्दै शान्तिपूर्ण र्‍यालीको तयारी गरेको दाबी गरेको छ। उनीहरूले सरकारप्रति असन्तुष्टि जनाउँदै निकट भविष्यमा फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यसअघि पनि काठमाडौंका विभिन्न स्थानमा राजावादी समूहले समान मागसहित र्‍याली र प्रदर्शन गर्ने प्रयास गरेको थियो, तर अधिकांश अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय