Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

रौतहटमा उत्कृष्ट प्रहरी कर्मचारी सम्मानित

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,,०१ कात्तिक । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवान उत्कृष्ट कार्य सम्पादन गरेकोमा सम्मानित भएका छन् । ‘७०औँ प्रहरी दिवस–२०८२” को अवसरमा प्रहरी अधिकृत तथा जवानहरूलाई विशेष सम्मान गरिएको सम्मान गरिएको हो।

प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नेत्रमणि गिरीले इन्स्पेक्टर रामकुमार महतो, प्रवेश कार्की, कमल लुङ्गेली, सरोज डालाकोटी, सुरेन्द्र यादव, वरिष्ठ सई राजेन्द्र गिरी, सई तुलप्रसाद पुडासैनी, नवराज खरेल तथा असईहरू रागनी कुमारी र टिकामाया शिवाकोटी, प्रहरी जवान आमोदकुमार यादवलाई सम्मान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए।

निरन्तर मेहनत, ईमान्दारी, जिम्मेवारी र पेसागत प्रतिबद्धताका कारण नेपाल प्रहरी नियमावली २०७१ ९संशोधनसहित० को परिच्छेद १५, नियम १९७ बमोजिम उनलाई सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

- Advertisement -

प्रहरी जवान आमोदकुमार यादवले विगत केही महिनादेखि रौतहटको चर्चित सुटकेस हत्याकाण्ड तथा दुर्गाभगवती गाउँपालिका–५ झाझ खोलाको झोलुङ्गे पुल नजिक फेला परेको महिलाको शव प्रकरणमा सक्रिय भूमिका निर्वाह गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन महत्त्वपूर्ण योगदान दिएकोमा उनलाई सम्मान गरिएको जनाइएको छ ।

कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। एसपी गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रहरी अधिकृत, जवान, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारजनको सहभागिता रहेको थियो।

सो अवसरमा प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले स्वागत मन्तव्य दिएका थिए भने प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गरिएको थियो।

ताजा समाचार

थप समाचार