Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

बीरगन्जमा डेडलिफ्ट प्रतियोगिता सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०१ कात्तिक । पब्लिक फिटनेस सेन्टर (एँएफसी) बीरगन्जमा बिहीबार आयोजित डेडलिफ्ट प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशसभा सदस्य रहबर अन्सारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

प्रतियोगितामा वरिष्ठ समूहका ४० जना खेलाडीहरूले सहभागिता जनाएका थिए। तीमध्ये अभिषेक गुप्ता पहिलो, चन्दन गुप्ता दोस्रो र बरमा यादव तेस्रो स्थान हासिल गर्न सफल भए। विजेताहरूलाई क्रमशः ७,५००, ५,००० र ३,५०० रुपैयाँसहित प्रोटिन पाउडर, सेकर बोतल र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ। साथै, प्रतियोगितामा सहभागी सबैलाई सहभागिता प्रमाणपत्र पनि वितरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता पब्लिक फिटनेस सेन्टरका संस्थापक करण यादवले गरे भने सञ्चालन शिवनाथ यादवले गरेका थिए। निर्णायक मण्डलमा आशिफ अन्सारी, खालिद हुसेन, अकलेस पटेल, विशाल यादव, सुमित पटेल र अरुण साह रहेका थिए।

मुख्य अतिथि अन्सारीले नियमित व्यायाम र फिटनेसलाई जीवनशैलीको अभिन्न हिस्सा बनाउन सबैलाई आग्रह गर्दै भने, “यस्ता प्रतियोगिताले युवामा स्वास्थ्य सचेतना, अनुशासन र प्रतिस्पर्धात्मक भावना जगाउँछ।” उनले खेलकुद क्षेत्रमा स्थानीय युवाको सक्रियता र लगनशीलताको प्रशंसा गरे।

कार्यक्रममा नेपाल भारतोलन संघकी कोषाध्यक्ष सुनिता अग्रवाल, स्वास्थ्यकर्मी तथा समाजसेवी करण पटेल, सुवाश गुप्ता, स्ववियु सदस्य माला साह र सेन्टरका प्रशिक्षक सुमित विशेष अतिथि रहेका थिए।

आयोजकहरूले आगामी दिनमा यस्तै फिटनेस प्रतियोगिताहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ताजा समाचार

थप समाचार