spot_img

जेन–जी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा

spot_img
spot_img

काठमाडौँ, ०१  कात्तिक । जेन–जी अभियन्ता मिराज ढुंगानाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। उनले निर्वाचनमा भाग लिनको लागि मात्र दल खोलिएको नभई जेन–जीको आधिकारिक पार्टीको रूपमा अघि बढ्नका लागि खोलिएको बताए।

ढुंगानाका अनुसार, “हाम्रो बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग लिँदैनौँ। प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो प्रमुख मुद्दा हो र यसबिना कतै जाने तयारी छैनौँ। पार्टी खोल्नुको अर्थ चुनाव लड्नु होइन, संगठित भएर अघि बढ्नका लागि हो।”

उनले थपे, “आधिकारिक हुनका लागि भीड मात्र पर्याप्त छैन। देश विकासका लागि एनजिओ वा राजनीतिक दल खोल्नुपर्छ, हुलमुलले केही हुँदैन।”

ढुंगानाले नयाँ दलको आगामी कार्यसूचीमा भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने, आर्थिक रुपान्तरण अघि बढाउने लगायतका एजेन्डा समावेश रहेको जानकारी दिए। उनले स्पष्ट पारे, “यो सरकार जेन–जीले बनाएको हो, तर सरकार बनाउने प्रक्रियामा म व्यक्तिगत रूपमा पर्दिनँ।”

पार्टीको नाम भने सबैसँगको छलफलपछि टुङ्ग्याइने ढुंगानाले जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय