spot_img

जनकपुरमा एनपीएल ट्रफी टुर सुरु

spot_img
spot_img

सर्लाही,०१ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको मधेस प्रदेशको पहिलो कार्यक्रम आज जनकपुरधाममा सम्पन्न भयो। कार्यक्रमको विशेषताः जानकी मन्दिरमा विधिवत पूजापाठ गर्दै ट्रफी प्रदर्शन गरिएको थियो।

जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजक टोलीले मन्दिर प्रांगणमा निर्माण गरिएको विशेष मञ्चमा ट्रफी प्रदर्शन गरेको थियो। पूजापाठ र प्रदर्शनपछि ट्रफीलाई नगरका विभिन्न प्रमुख स्थलहरूमा र्‍यालीसहित प्रदर्शन गरिएको जनाइएको छ।

ट्रफी यात्रा जानकी मन्दिरबाट सुरु भएर राम मन्दिर, मुरलीचौक, जिरो माइल, रामानन्द चौक, पिडारी चौक, मिल्स एरिया, भानु चौक, कदम चौक हुँदै पुनः मुरलीचौक र जिरो माइल पार गर्दै बस स्ट्यान्डस्थित होटलमा सम्पन्न हुने योजना रहेको छ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जनकपुर बोल्ट्स विजयी भएको थियो। आयोजकका अनुसार ट्रफी टुरले खेलकुदप्रतिको जनचाहना र समुदायमा उत्साह बढाउने उद्देश्य राखेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय