Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

खोलाले बगाएकी ११ वर्षीया बालिका तीन दिनदेखि बेपत्ता

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही,०१ कात्तिक । सर्लाहीकाे धनकौल गाउँपालिका–३ हरकठवाका ११ वर्षीया सोनी कुमारी साह बिहीबार खोलामा डुबेर बेपत्ता भएकी छन्। तीन दिनदेखि बेपत्ता बालिकाको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालका गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ।

इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी निरञ्जन भट्टराईका अनुसार बालिका बिहीवार बिहान आमासँग लुगा धुन र नुहाउन खोलातिर गएकी थिइन्। करिब १२ बजे खोलामा नुहाउने क्रममा खोलाले बगाएपछि उनी बेपत्ता भएकी हुन्। आमा जयकुमारी साहका अनुसार तत्काल उद्धार प्रयास भए पनि सफल नभएको छ।

स्थानीय र प्रहरीको खोजी असफल भएपछि शुक्रबारदेखि सशस्त्र प्रहरी बलका गोताखोर टोली परिचालित गरिएको छ। महोत्तरीको बर्दीवासबाट आएको नौ सदस्यीय टोली शनिबार बिहानदेखि घटनास्थलमा खोजी कार्यमा जुटेको छ।

- Advertisement -

सशस्त्र प्रहरी नायब निरीक्षक भक्तबहादुर खत्रीका अनुसार खोलाको करिब ७ सय मिटर तल, महिनाथपुरस्थित पुलसम्म खोजी भए पनि बालिकाको अवस्था अझै पत्ता लागेको छैन। उनले भने, “अब डुङ्गाको सहयोग लिएर खोलाको गहिराइ र आसपासका क्षेत्रमा खोजी जारी राख्ने छौँ।”

स्थानीयहरू घटनास्थल वरिपरि सतर्कता अपनाइरहेका छन् र बालिकाको खोजीमा समुदायसमेत सक्रिय रहेको छ।

ताजा समाचार

थप समाचार