काठमाडौँ,०१ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शोक प्रस्ताव पारित गर्ने क्रममा स्थगित गरिएको छ।
शनिबारको चौथो दिनको बैठक प्रतिनिधि सभाका पूर्वसदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै १३ कात्तिकमा पुनः बस्ने निर्णय भएको हो।
केन्द्रीय सदस्य प्रतिमा गौतमले पाँचौँ बैठक १३ कात्तिक दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिइन्। पार्टीले शोक प्रस्ताव पारित गर्दै वरिष्ठ नेताको निधनप्रति सम्मान व्यक्त गरेको छ।




