Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

जेलबाट भागेका अपराधी नियन्त्रणमा नलिएसम्म चुनाव नहुने अध्यक्ष ओलीको दाबी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०१ कात्तिक ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालको राजनीतिक अवस्था शान्तिपूर्ण नभएको र चुनाव हुनु अघि सबै अपराधी पक्राउ गरी लुटिएका हतियार फिर्ता ल्याउन आवश्यक रहेको बताएका छन्।

शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा अध्यक्ष ओलीले जेनजी आन्दोलनको क्रममा देशमा सुरक्षा समस्या बढेको आरोप लगाउँदै, “प्रहरीका १२ सय हतियार र एक लाख गोली लुटिएका छन्। साढे पाँच हजार कैदी अझै बाहिर छन्। यस्तो अवस्थामा चुनाव गराउने प्रयास नाटकजस्तो छ,” भने।

अध्यक्ष ओलीले भने, “प्रहरी हाम्रै हो, त्यसको रक्षा गर्नुपर्छ। मलाई जहाँ मन लाग्छ, त्यहाँ जान्छु। तर अपराधी र हतियार नियन्त्रणमा नलिएसम्म निर्वाचन सम्भव छैन। संसद् पुनर्स्थापना हुनेछ।”

उनले बंगलादेशको उदाहरण उल्लेख गर्दै जेनजीले आन्दोलनमार्फत नेतृत्व परिवर्तन गरे पनि त्यहाँको अवस्था जस्तो नेपालमा नहुने स्पष्ट पारे। साथै, आफूमाथि सुरक्षाको खतरामा भएको भन्दै सरकारले त्रास सृजना गरेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले जेनजी आन्दोलनका सकारात्मक उद्देश्य भए पनि देशलाई व्यावस्थापनमा समस्या सिर्जना गरिएको र सुरक्षा आवश्यकतालाई सरकारले प्राथमिकता नदिएको बताए। उनले, “जसलाई सुरक्षा चाहिएको छैन, उसलाई दिइएको छ; जसलाई चाहिएको छ, उसलाई फिर्ता गरिएको छैन,” भनी असन्तुष्टि व्यक्त गरे।

ताजा समाचार

थप समाचार