Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

जसपाका दुई नेताले दिए...

काठमाडौँ,२३ कात्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले...

राष्ट्रिय सभा बैठकका लागि...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ ।...

डेडिकेटेड लाइन’ विवाद :...

काठमाडौं,२३ कात्तिक । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको...

काठमाडौंको खुला ठाउँमा फोहोर...

काठमाडौँ,२३ कात्तिक । काठमाडौं महानगरपालिकाले बढ्दो वायु प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ महानगरभित्र...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

राष्ट्रिय आविष्कार केन्द्रले ल्यायो व्याट्रीबाट चल्ने ट्रयाक्टर

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०२ कात्तिक ।  राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना वीरगन्जमा व्याट्रीले चल्ने ‘कृषि इ ट्रिलर’ को आविष्कार गरेको छ । यो सानो हाते ट्याक्टर चलाउन डिजेल वा पेट्रोल चाहिँदैन ।

लिड एसिड व्याट्रीबाट चल्ने यो हाते ट्याक्टर कृषि प्रयोजनमा जोत्ने, विषादी छर्ने तथा व्यापारिक प्रयोजनमा मालसामान ओसार्न प्रयोग गर्न सकिनेछ । केन्द्र वीरगन्जका प्रमुख इन्जिनियर रितेश देवका अनुसार नेपालमा पहिलो पटक यस्तो व्याट्रीबाट चल्ने ट्रयाक्टर उत्पादन गरिएको हो ।

यो ट्याक्टरमा खनजोत प्रयोजनमा प्रयोग हुने कल्टिभेटर पनि केन्द्र आफैंले बनाएको छ । ट्याक्टरको डिजाइन केन्द्रकै प्राविधिक टिमले गरेको हो भने यसमा प्रयोग हुने अन्य ‘अट्याचमेन्ट पार्ट’ पनि केन्द्रमै उत्पादन गरिएको छ । मोटर, व्याट्री, कन्ट्रोलर आदि उपकरण मात्र खरिद गरिएको हो ।

- Advertisement -

सहजै जसले पनि चलाउन सक्ने यो ट्रयाक्टर करिब ७० देखि ८० किलो वजनको छ । यसले चार सय किलोसम्म वजन बोक्न र ओसार्न सक्छ । ट्रयाक्टरमा मोटर, गियर बक्स, ह्विल कन्ट्रोलर आदि मुख्य उपकरण रहेका छन् । अन्य सवारी जस्तो यसलाई पनि व्याक गर्न सकिन्छ ।

कारखाना परिसरमा यो ट्रयाक्टरको सफल परीक्षण भइसकेको र किसानको खेतमा परीक्षणको क्रममा रहेको इन्जिनियर देवले बताए । केन्द्रको प्राविधिक टोलीले करिब दुई महिनाको प्रयासपछि यो ट्रयाक्टर उत्पादन गरेको हो ।
ट्रयाक्टर उत्पादनकै क्रममा केही किसान केन्द्रमा आएर यसको उत्पादनबारे जिज्ञासा राखेको र यो ट्रयाक्टर खरिदमा चासो समेत देखाएको उनले बताए ।

किसानको खेतमा परीक्षण लगत्तै किसानको मागअनुसार थप ट्रयाक्टर उत्पादन गरिने इन्जिनियर देवले बताए । ट्रयाक्टरको मूल्य हाल निर्धारण नगरिएको बताउँदै इन्जिनियर देवले व्यावसायिक उत्पादन गर्न थालेपछि मूल्य तोकिने पनि बताए ।

ताजा समाचार

थप समाचार