Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

अण्डाको समर्थन मूल्य घट्यो,...

काठमाडौँ,०३ मंसिर । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको उत्पादन र बजार अवस्थाको पुनर्मूल्यांकन...

क्यासिनो नियमन कडाइ :...

काठमाडौं,०३ मंसिर । सरकारले क्यासिनो क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र कानुनी दायरामा ल्याउन...

मधेस सरकार गठन मुद्दामा...

जनकपुर,०३ मंसिर । मधेस प्रदेश सरकार गठन विवादको विषयमा सर्वोच्च अदालतले आउँदो मंसिर...

आगामी प्रतिनिधि सभा निर्वाचनमा...

काठमाडौं,०३ मंसिर । राजेन्द्र महतो नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टीले आगामी फागुन २१...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

हेटौँडामा जुवातास खेल्दै गरेका ११ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हेटौँडा, ०२ कात्तिक । मकवानपुर प्रहरीले हेटौँडाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साँझ हेटौँडा उपमहानगरपालिका–१० बसपार्क गुम्बा नजिक खाजा घरमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले छ लाख छ हजार तीन सय दस रुपियाँ नगद र ११ बुक तास बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

प्रहरीले खाजा घर सञ्चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० कर्रा बस्ने ३५ वर्षीय हिरालाल मोक्तान, श्रीमती ३५ वर्षीय वसन्ती ब्लोन, हेटौँडा उपमहानगरपालिका–१० बसपार्क टिसिएन रोड बस्ने ३७ वर्षीय अर्जुन तामाङ, हेटौँडा–१० न्युरेनी बस्ने ३८ वर्षीय टुम बहादुर वाइबा, हेटौँडा–१० बसपार्क बस्ने ५० वर्षीय राम माया रानालाई पक्राउ गरेको छ ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका–४ हुप्राचौर बस्ने ५० वर्षीय हिरा माया तामाङ, ३० वर्षीय शान्ति माया तामाङ, हेटौँडा–१० बसपार्क बस्ने ६६ वर्षीय कान्छी माया ब्लोन, हेटौँडा–११ थानाभर्याङ बस्ने ४५ वर्षीय सीता लामा, बागमती गाउँपालिका–५ ज्यामिरे बस्ने २७ वर्षीय राजेश दर्नाल र मनहरी गाउँपालिका–४ बस्ने ३० वर्षीय अनिल थापालाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

जुवातास खेल्नेहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

ताजा समाचार

थप समाचार