spot_img

सप्तरीमा मन्दिरका पुजारीको गोली हानी हत्या

spot_img
spot_img

काठमाडौं,०२ कात्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनस्थित रजकपट्टीमा कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको गोली हानी हत्या भएको छ । ७३ वर्षीय साहको आज बिहान करिब २ बजे अज्ञात समूहले हत्या गरेको पुजारी परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन् ।

पुजारी साह मन्दिर नजिकै कुटी बनाएर एक्लै बस्दै आएका थिए। स्थानीयका अनुसार, अज्ञात समूहले उनलाई सडकसम्म निकालेर पिठ्युँमा गोली प्रहार गरी हत्या गरेको हो । घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनास्थलबाट गोलीका दुईवटा खोका फेला पारेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

प्रहरी उपरीक्षक केसीले हत्याराको खोजीका लागि सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि जाँच तीव्र पारिएको जानकारी दिएका छन्। गाउँको पूर्वतर्फ रहेको मन्दिरका वृद्ध पुजारीको यसरी विभत्स हत्या भएपछि स्थानीय क्षेत्रमा भय र त्रास फैलिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय