Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...

राष्ट्रिय परिचयपत्रवालालाई मतदाता नामावली...

काठमाडाैं,२७ कातिक । मतदाता नामावली दर्ता प्रक्रियामा अब राष्ट्रिय परिचयपत्र लिएकालाई निर्वाचन कार्यालय...

शेख हसिनाको मुद्दा १७...

काठमाडाैं,२७ कातिक । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (ICT–1) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना...
spot_imgspot_imgspot_img
19.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

नर्सहरूको आन्दोलन समाधान गर्न १४ सदस्यीय उच्चस्तरीय समिति गठन

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ कात्तिक । निजी अस्पताल र मेडिकल कलेजहरूमा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीहरूको आन्दोलन चर्किएपछि सरकारले उनीहरूको पारिश्रमिक सम्बन्धी माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएपछि मन्त्रालयले अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति बनाएको हो ।

समितिको पहिलो बैठक आजै (आइतबार) बसेको छ। भोलिदेखि तिहार बिदा सुरु हुने र अस्पतालमा कामको चाप बढ्ने भएकाले आन्दोलनरत नर्सहरूलाई तत्काल काममा फर्काउने वातावरण बनाउन प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा ले जानकारी दिए । डा.देवकोटाले काममा फर्किनका लागि आव्ह्वान गरिरहेको र आजै सहमति गरी उनीहरुलाई काममा फर्काउने कोशिश गरिरहेको बताएका छन् । समितिलाई एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन बुझाउन भनिएको छ।

- Advertisement -

समितिमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबाहेक गृह, अर्थ, श्रम, र शिक्षा मन्त्रालय का प्रतिनिधिहरू पनि सदस्य रहेका छन् । यसका साथै नेपाल नर्सिङ परिषद्, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्स, अफिन र आन्दोलनरत नर्सका प्रतिनिधि समेतलाई समावेश गरी सबै सरोकारवालाको सहभागिता सुनिश्चित गरिएको छ।

ताजा समाचार

थप समाचार