spot_img

आज महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती — आधुनिक नेपाली साहित्यका अग्रदूतको स्मरणमा

महाकवि लक्ष्मीप्रसाद देवकोटा — शब्दका माध्यमबाट मानवता, सौन्दर्य र चेतनाको अमर दीप।

spot_img
spot_img

१० वर्षको उमेरमै कविता लेख्न सुरु गरेका महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका अद्वितीय रचनाकारमध्येकालागि चिनिन्छन्। उनको योगदानले नेपाली साहित्यलाई नयाँ दिशा र गहिरो चेतना प्रदान गरेको छ।

देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविताहरू प्रकाशित छन्। उनले नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका थिए।
उनको प्रसिद्ध कृति ‘मुनामदन’ नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ, जसले लाखौँ नेपाली पाठकको हृदय छोएको छ।

देवकोटाका रचनाहरूमा मानवतावाद, प्रकृतिप्रेम, सामाजिक चेतना र क्रान्तिकारी विचारहरू स्पष्ट झल्कन्छन्। उनी स्वच्छन्दतावादी र प्रगतिवादी धाराका प्रवर्तक कवि हुन्। उनका लेखनमा पूर्वीय अध्यात्म र पाश्चात्य तर्कशील दर्शनको संयोजन देखिन्छ, जसले उनको काव्यलाई अद्वितीय बनाएको छ।

भारतका सुप्रसिद्ध चिन्तक महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त त्रिपाठी ‘निराला’ को संयुक्त रूपसँग तुलना गरेका थिए।
त्यस्तै, नाट्यसम्राट बालकृष्ण समले भनेका थिए — “देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ र ‘पागल’ कवितासँगै तीन पटक जन्मिएका कवि हुन्।”

महाकवि देवकोटाले आफ्ना कृतिहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा पनि विशेष योगदान दिएका छन्। उनले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली साहित्यको पहिचान विश्वभर पुर्‍याए।
उनकै कवितासंग्रह ‘पागल’लाई उनले आफैंले अङ्ग्रेजीमा अनुवाद गरेका थिए, जसले उनको भाषिक क्षमता र विश्वसाहित्यप्रतिको गहिरो समझ झल्काउँछ।

देवकोटाले पाश्चात्य ग्रीक र रोमन काव्य–गाथाहरूबाट प्रेरणा लिएर तिनीहरूको नेपालीकरण पनि गरेका थिए।
यसरी उनले नेपाली भाषालाई विश्वस्तरको साहित्यिक अभिव्यक्तिको माध्यम बनाउँदै
“कविता के हो, भन्ने प्रश्नको उत्तर स्वयं बनेका कवि” बनेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय