Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

तिहारमा विद्युत माग घट्ने, आपूर्तिमा भने कुनै समस्या नहुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

यस वर्षको तिहारमा देशभर विद्युतको माग घट्ने अनुमान गरिएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार तिहारका समयमा औद्योगिक र व्यावसायिक क्षेत्रहरू बन्द हुने भएकाले विद्युत खपतमा कमी आउने सम्भावना छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पछिल्ला केही वर्षयता तिहारका समयमा विद्युत खपत घट्ने प्रवृत्ति देखिएको हो । उहाँले भन्नुभयो, “पहिले तिहारमा घरायसी प्रयोग बढ्ने भएकाले खपत पनि बढ्थ्यो, तर अहिले उद्योग, होटल र रेस्टुरेन्टहरू पर्वका बेला बन्द हुने भएकाले समग्र माग घट्ने देखिन्छ ।”

सिलवालका अनुसार अहिलेको विद्युत प्रणाली पहिलेको भन्दा धेरै सबल भएकाले आपूर्तिमा कुनै समस्या नआउने प्राधिकरणको विश्वास छ । “अहिले प्रणाली बलियो भएकाले मागअनुसार पर्याप्त विद्युत आपूर्ति गर्न सकिन्छ,” उहाँले स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार तिहार र छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरणले आपूर्ति व्यवस्थापनका सबै तयारी पूरा गरिसकेको छ । नियमित आपूर्तिका लागि कर्मचारीहरू पूर्ण रूपमा खटिने छन् । साथै, वितरण लाइन, सबस्टेशन तथा मर्मत कार्यमा आवश्यक पूर्वतयारी पनि सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

सिलवालले थपे, “तीन–चार वर्षयता तिहारका बेला उद्योगहरू नचल्ने भएकाले विद्युत खपत घट्ने देखिन्छ । अब तिहारमा अभावको चिन्ता होइन, पर्याप्त आपूर्तिसहित स्थिर वितरण हाम्रो प्राथमिकता हो ।”

ताजा समाचार

थप समाचार