spot_img

तिहारमा फूलको मूल्य आकाशियो, विदेशी आयात रोकिँदा बजारमा अभाव

spot_img
spot_img

यस वर्षको तिहारमा फूलको मूल्य अघिल्ला वर्षको तुलनामा निकै बढेको उपभोक्ताहरूले गुनासो गरेका छन्। विदेशी फूल आयातमा रोक लगाएपछि बजारमा फूलको आपूर्ति कम भई मूल्य बढेको हो।

गत वर्ष झुप्पाको करिब ८ सय रुपैयाँ पर्ने फूल अहिले १ हजार २ सय रुपैयाँसम्ममा बिक्री भइरहेको उपभोक्ताहरूको भनाइ छ। उनीहरूका अनुसार नेपाली उत्पादनले मात्र बजारको माग धान्न नसक्दा कालोबजारी पनि बढ्ने जोखिम देखिएको छ।

यद्यपि, प्लास्टिकका फूलको प्रयोगमा रोक लगाइएको निर्णयलाई भने उपभोक्ताहरूले स्वागत गरेका छन्। उनीहरूले मूल्य नियन्त्रण र बजार अनुगमन कडाइ गर्न सरकारलाई आग्रह गरेका छन्।

फूलको उच्च मागका कारण काठमाडौंका विभिन्न बजारहरूमा भीड बढेको छ। काठमाडौं महानगरपालिकाले तिहारका लागि फूल र माला बिक्रीका ३२ स्थान तोकेको छ। सोमबार पर्ने लक्ष्मी पूजालाई लक्षित गर्दै फूल किन्ने चहलपहल झनै बढेको छ।

“फूलैफूलको पर्व” भनेर चिनिने तिहारमा घर–घरमा माला र फूलले सजावट गर्ने परम्परा निरन्तर रहँदै आएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय