spot_img

मधेसका नवनियुक्त मुख्यमन्त्री सोनललाई माओवादी अध्यक्ष प्रचण्डले दिए बधाई

spot_img
spot_img

बीरगन्ज,०३ कात्तिक । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले सोमबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन्।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा मुख्यमन्त्री सोनलले आफ्नो नियुक्तिपछि पहिलोपटक प्रचण्डसँग भेट गरेका हुन्। भेटका क्रममा प्रचण्डले सोनललाई मुख्यमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

दुवै नेताबीच मुलुकको वर्तमान राजनीतिक अवस्था, मधेस प्रदेशमा नयाँ सरकार गठनपछिको परिस्थिति, सरकारका आगामी योजना तथा संघीय–प्रदेश सहकार्यका विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

प्रचण्डले मधेस प्रदेशको विकास र स्थायित्वका लागि संघीय र प्रदेश सरकारबीच गहिरो सहकार्य आवश्यक रहेको बताएका छन्। साथै, माओवादी केन्द्रले सोनल नेतृत्वको सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले मधेसका जनताको आशा–अपेक्षा पूरा गर्न माओवादी सधैं साथमा रहने आश्वासन समेत दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय