काठमाडौं, ३ कात्तिक – नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले पार्टीको संयोजक सचिवालयबाट राजीनामा दिएकी छिन्।
गंगाले बताइन्, “निरन्तर मलाई देखाएर संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले मैले राजीनामा दिएको हुँ।” उनले सचिवालयमा कार्यकालका दौरान पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले दिएको सहयोगप्रति आभार व्यक्त पनि गरिन्।
यद्यपि, गंगाले आफू पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन पार्टीसँग क्रियाशील रहने बताएकी छन्। साथै, सञ्चारमाध्यममा आफूबारे आएको भ्रामक समाचारप्रति पनि ध्यानाकर्षण गराएकी छन्।




