spot_img

गृहमन्त्री अर्याल: “केपी ओली कानुनभन्दा माथि छैनन्, अनुसन्धान हुनसक्छ”

spot_img
spot_img

काठमाडौं, ३ कात्तिक – गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन्। सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओलीमाथि अब पहिलेजस्तो व्यवहार नहुने संकेत दिएका हुन्।

अर्यालले स्पष्ट पारे, ओलीलाई देश बाहिर जान रोक्ने निर्णय सरकारले नभई न्यायिक जाँचबुझ आयोगले गरेको हो। उनले भने, “ओलीले आफूलाई समाएर देखाउन चुनौती दिएको भनेको कानुन मान्दिनँ भन्ने कुरा हो। अब त्यस्तो हुँदैन।”

गृहमन्त्रीका अनुसार, अब केपी ओली मात्र कानुनभन्दा माथि बस्ने अवस्था छैन, र सबैले कानुनको दायरामा काम गर्नुपर्ने छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय