Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

पर्सामा ५ लाखभन्दा बढीले हैजाविरुद्ध खोप खाए, छठपछि दोस्रो चरणको अभियान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, पर्सा – स्वास्थ्य कार्यालय पर्साले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा असोज २६ देखि कात्तिक २ गतेसम्म सात दिने हैजा खोप अभियान सञ्चालन गरी जिल्लाका १४ वटै स्थानीय तहमा ५ लाख ४७ हजार ३११ जनालाई खोप प्रदान गरेको छ।

स्वास्थ्य कार्यालयका अनुसार, १ वर्षमाथिका जनसङ्ख्याको कुल ६ लाख ५२ हजार १२९ मध्ये ८४ प्रतिशतले खोप पाइसकेका छन्। सबैभन्दा बढी प्रभावित वीरगञ्ज महानगरपालिकामा २ लाख ७५ हजार ६७३ मध्ये ८२ प्रतिशत अर्थात् २ लाख २६ हजार १६६ जनाले खोप लगाएका छन्।

अभियान अन्तर्गत पर्सागढी, बहुदरमाई, पोखरिया, सखुवाप्रसौनी, जगरनाथपुर, छिपहरमाई, विन्दवासिनी, पटेर्वा सुगौली, धोबिनी, कालिकामाई, पकहामैनपुर, जिराभवानी र ठोरी गाउँपालिकामा समेत खोप वितरण गरिएको थियो। घरदैलो कार्यक्रममार्फत पनि लक्षित जनसंख्यालाई खोप उपलब्ध गराइएको थियो।

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, सात दिनको अभियानमा १६ प्रतिशत जनसंख्या अझै खोपविहीन छन्। उनीहरूले छठ पर्वपछि दोस्रो चरणको अभियान सञ्चालन गरी बाँकी जनसंख्यालाई पनि खोपको दायरामा ल्याउने तयारी गरिरहेका छन्।

गत भदौ ६ देखि सुरु भएको हैजा प्रकोपमा वीरगञ्जमा हालसम्म २४५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। अभियानले महामारी रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

थप समाचार