spot_img

प्रधानमन्त्री कार्कीले विपिन जोशीको शवमा श्रद्धाञ्जली अर्पण

spot_img
spot_img

काठमाडौं, ३ कात्तिक – प्रधानमन्त्री सुशीला कार्कीले इजरायल–हमास युद्धमा मारिएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीरमा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा श्रद्धाञ्जली अर्पण गरेकी छिन्।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “नेपाली युवाहरूले त्यहाँ अपहरणमा पर्दा र युद्धमा पर्दा भोग्नुपरेको दुःख र कष्ट हामी अनुभव गर्न सक्दैनौं। एउटा नेपाली छोरो हामी सबै आमाहरूको छोरो हो। अब कसैले पनि विपिनलाई बिर्सिन सक्दैन।”

विपिन अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए र २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा बन्धक बनाइएका थिए। उनकाे मृत्यु इजरायली अधिकारीहरूले असोज २७ मा पुष्टि गरेका थिए। युद्धविरामपछि बन्दी साटासाट प्रक्रियामा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।

डीएनए परीक्षणले शव विपिनकै भएको पुष्टि गरेको छ भने फरेन्सिक जाँचले उनी अपहरणको समयमा नै मृत्यु भएको देखाएको छ। उनको शव आजै कञ्चनपुरस्थित घरमा लगिने तयारी भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय