spot_img

प्रधानमन्त्री सुशीला कार्की आज सात दलसँग संवाद गर्ने तयारीमा

spot_img
spot_img

काठमाडौं, ४ कात्तिक — प्रधानमन्त्री सुशीला कार्कीले आज सात राजनीतिक दलसँग छलफल गर्ने भएकी छिन्। प्रधानमन्त्री बनेपछि राजनीतिक दलहरूसँगको यो उनको पहिलो औपचारिक संवाद हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, संवाद आज दिउँसो ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हुने छ। आगामी निर्वाचनका तयारी र राजनीतिक सहमतिको खोजी मुख्य एजेन्डा रहनेछ।

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनको जगमा सत्तामा पुगेकी हुन्। यसअघि उनी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी भएकी थिइन्।

संवादमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी हुने तय भएको छ।

  • नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डॉ. प्रकाशशरण महत,
  • नेकपा (एमाले) बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली,
  • माओवादी केन्द्रबाट पम्फा भुसालवर्षमान पुन,
  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट (रास्वपा) डा. स्वर्णिम वाग्लेसोविता गौतम,
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजेन्द्र गुरुङमोहन श्रेष्ठ,
  • जसपा नेपालबाट उपेन्द्र यादवप्रकाश अधिकारी,
  • जनमत पार्टीबाट सीके राउत सहभागी हुने छन्।

यसबीच, नेकपा एमालेले फागुन २१ गते तोकिएको निर्वाचन समयमै सम्भव नहुने निष्कर्ष निकाल्दै संसद् पुनःस्थापनाको माग गर्दै आएको छ। आजको संवादमा त्यस विषयमा पनि व्यापक बहस हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय