spot_img

फेटा गाउँपालिकाका युवाले मुख्यमन्त्री सोनलसँग बंगरी नदी प्रदूषण नियन्त्रणमा विशेष भेट

spot_img
spot_img

वीरगञ्ज: बारा–१ फेटा गाउँपालिकाका वडाध्यक्ष जयप्रकाश दाससहित युवा टोलीले मधेश प्रदेश मुख्यमन्त्री जितेन्द्र सोनलसँग बंगरी नदीको प्रदूषण रोकथाम र स्थानीय विकासका विषयमा भेटवार्ता गरेका छन्।

टोलीले दीपावली र छठको समयमा पनि रिलायन्स सुगर मिल्सबाट औद्योगिक फोहोर पानी मिसिन रोक्न माग गर्दै मुख्यमन्त्री सोनलको निवासमा पुगेर ध्यानाकर्षण गराएको हो।

भेटवार्तामा नदी प्रदूषण नियन्त्रण, अकवनिया–भलुही पुल निर्माण, बंगरी नदीको बाँध मर्मत, र मंगदवा–त्रिवेणी सडक कालोपत्रे जस्ता चारवटा विकास पहलका विषयमा छलफल भएको थियो।

मुख्यमन्त्री सोनलले मागहरू सुनेर प्रदेश सरकारबाट आवश्यक पहल र योजना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय युवाहरूले प्रदूषणले स्वास्थ्य र वातावरणमा असर पारिरहेको भन्दै दीर्घकालीन समाधानको आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय