spot_img

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा २३ हजारभन्दा बढी ट्रामाडोलसहित दुई युवक पक्राउ

spot_img
spot_img

वीरगञ्ज — वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा प्रहरीले विशेष चेकजाँचका क्रममा प्रतिबन्धित लागू औषध ट्रामाडोलसहित दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर–५ का १९ वर्षीय पुष्पेन्द्र पाण्डे र भारत, बिहारको रक्सौलका १९ वर्षीय सचिन कुमार सिंह रहेका छन्। चेकजाँचको क्रममा दुबैको सवार रहेको ब्यागबाट २३ हजार ८८० ट्रामाडोल क्याप्सुल बरामद भएको छ।

 

प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार, प्रारम्भिक अनुसन्धानबाट यो औषध भारतबाट नेपाल भित्र्याएर काठमाडौं पठाउने योजना रहेको देखिएको छ। पक्राउ परेकालाई वडा प्रहरी कार्यालय श्रीपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय