spot_img

“We Serve” को मूल नाराअन्तर्गत लायन्स क्लबद्वारा मानव सेवा आश्रमलाई सहयोग

spot_img
spot_img

वीरगञ्ज — वीरगञ्जका विभिन्न लायन्स क्लबहरूले संयुक्त रूपमा मानव सेवा आश्रमलाई चामल, दाल, नुन, तेल, पिठो, तरकारी लगायतका खाद्यान्न सामग्री सहयोग गरेका छन्।

लायन्स क्लब अफ वीरगञ्ज, विजयपथ, सेस्मी एकेडेमी र पिंक सिटीले आयोजना गरेको कार्यक्रममा वृद्ध, असहाय र बेघर व्यक्तिहरूका लागि सामग्री हस्तान्तरण गरिएको हो। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट चिफ आशमा सिंह यादवले लायन्स क्लब समाजसेवा र मानवीय सहयोगमा सदैव समर्पित रहेको बताउनुभयो।

मानव सेवा आश्रमका संयोजक देवेश गुप्ताले सहयोगले आश्रममा बसोबास गर्नेहरूलाई ठूलो राहत पुगेको उल्लेख गर्नुभयो। कार्यक्रम लायन्स क्लब अफ वीरगञ्ज विजयपथकी अध्यक्ष मनिषा कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो।

यस अभियानले लायन्स क्लबको “We Serve” मूल नारालाई व्यवहारिक रूपमा प्रस्तुत गर्दै समाजमा सहयोग, करुणा र एकताको सन्देश दिएको बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय