spot_img

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वदलीय बैठक शुरु

spot_img
spot_img

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएर आगामी फागुन २१ का लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको विषयमा राजनीतिक दलहरूसँग छलफल गर्नुभएको छ।

बैठकमा सहभागी दलहरूबाट उच्चस्तरीय प्रतिनिधित्व गरिएको छ। नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल उपस्थित छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ला र नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन्।

प्रधानमन्त्री कार्कीले यसअघि निर्वाचन तयारीका विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र निर्वाचन आयोगसँग छलफल गरिसक्नुभएको थियो। बैठकमा दलहरूबीच निर्वाचनको वातावरण तयार पार्ने र आवश्यक सहकार्य सुनिश्चित गर्ने विषयमा छलफल भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय