Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...

राष्ट्रिय परिचयपत्रवालालाई मतदाता नामावली...

काठमाडाैं,२७ कातिक । मतदाता नामावली दर्ता प्रक्रियामा अब राष्ट्रिय परिचयपत्र लिएकालाई निर्वाचन कार्यालय...
spot_imgspot_imgspot_img
19.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

सरकार फागुन २१ को निर्वाचन तयारीमा जुटिसकेको छ : प्रधानमन्त्री कार्की

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०५ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकार पूर्ण रूपमा तयारीमा जुटिसकेको स्पष्ट पारेकी छन्। उनले सरकारले राजनीतिक स्थायित्व र सुशासनका एजेन्डा सँगसँगै अघि बढाइरहेको बताउँदै निर्वाचनलाई सरकारको सर्वोच्च प्राथमिकतामध्ये एक भएको बताइन्।

नेपाल संवत् ११४६ को अवसरमा बुधवार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले भनिन्,“विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गर्दै आगामी फागुन २१ गते भयरहित र निष्पक्ष ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ।”

उनका अनुसार सरकार अहिले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरू, नागरिक समाज, र जेनजी समुदायसँग निरन्तर संवादमा छ।“हामी प्रत्येक दिन राजनीतिक दलहरू र परिवर्तनका संवाहक जेनजी समुदायसँग पनि कुनै न कुनै माध्यमबाट सम्पर्क र संवादमा छौं,” प्रधानमन्त्री कार्कीले भनिन्।

- Advertisement -

प्रधानमन्त्रीले निर्वाचन तयारीका लागि आवश्यक कानुनी, प्रशासनिक र सुरक्षासम्बन्धी संयन्त्र सक्रिय गरिएको पनि जानकारी दिइन्। गृह, रक्षा र स्थानीय प्रशासनका निकायहरूलाई मतदाता सुरक्षा र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न निर्देशन दिइसकिएको उनको भनाइ थियो।

यद्यपि, उनले सरकारको ध्यान केवल निर्वाचनमा मात्र केन्द्रित नभएको स्पष्ट पारिन्।

“निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको भन्ने होइन,” उनले भनिन्, “जेनजी आन्दोलनले उठाएका सुशासनका मागहरूलाई सम्बोधन गर्नु पनि हाम्रो समान रूपमा जिम्मेवारी हो।”

प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण र संवैधानिक दायित्व पूरा गर्न राज्यका संयन्त्रहरूलाई परिणाममुखी रूपमा परिचालन गरिएको बताइन्। उनले लोकतन्त्रको रक्षा, सुशासन प्रवर्द्धन र विकासको गति तीव्र बनाउन सबै राजनीतिक शक्ति र नागरिकलाई साझा जिम्मेवारी बोध गर्न पनि आग्रह गरिन्।

कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधि, स्थानीय निकायका प्रमुखहरू र नागरिक समाजका अगुवाहरूले पनि आगामी निर्वाचन शान्तिपूर्ण र पारदर्शी बनाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।

ताजा समाचार

थप समाचार