spot_img

यसरी गरिँदै छ पर्सामा छठको तयारी

spot_img
spot_img

बीरगन्ज,०५ कात्तिक । छठ पर्व नजिकिँदै गएपछि पर्सा जिल्लाका विभिन्न पोखरी र नदी किनाराहरू रंगीन बत्ती, पण्डाल र फूलमालाले सिँगारिँदै छन्। मिथिलाञ्चलको धार्मिक तथा सांस्कृतिक वैभवको प्रतीकका रूपमा चिनिने छठ पर्वलाई भव्य र सभ्य बनाउन स्थानीयहरू जुटेका छन्।

बीरगन्जसहितका नगर क्षेत्र र गाउँ–बस्तीका पोखरी तथा घाटमा विगत केही दिनयता सफा–सफाइ, रंगरोगन र सजावटको काम तीव्र रूपमा भइरहेको छ। विशेषगरी घडिअर्वा पोखरी, नगवा पोखरी, छपकैया पोखरी, श्रीपुर र रानीघाटलाई स्थानीय समुदायले विशेष रूपमा सिँगारिरहेका छन्।

छठ पूजा व्यवस्थापन समिति, घडिअर्वा पोखरीका अध्यक्ष राकेश साह कानुका अनुसार यस वर्षको तयारी अघिल्ला वर्षभन्दा अझ भव्य हुनेछ।“गत वर्षको अनुभवका आधारमा यसपालि झिलिमिली बत्ती, रंगीन पण्डाल र आकर्षक प्रवेशद्वार तयार पारिँदैछ,” उनले बताए। “हाम्रो लक्ष्य यस वर्ष एक लाखभन्दा बढी दर्शनार्थीलाई सहज पूजा वातावरण उपलब्ध गराउने हो।”

उनका अनुसार अहिले सजावट र संरचना निर्माणको काम भइरहेको छ भने तिहार सकिएलगत्तै अन्तिम तयारीलाई तीव्रता दिइनेछ। समितिले यस वर्षको व्यवस्थापनमा करीब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ।

बीरगन्जको छठ पर्व हेर्न र पूजा गर्न भारतको बिहार राज्यका विभिन्न जिल्ला र नेपालका अन्य सहरहरूबाट श्रद्धालुहरू आउने गर्छन्। घडिअर्वा पोखरीमा हुने छठलाई पर्सा जिल्लाको प्रमुख धार्मिक–सांस्कृतिक कार्यक्रमका रूपमा हेरिन्छ।

छठमा सहभागी हुने स्थानीय महिला श्रद्धालुहरू परिवारको सुख, समृद्धि र दीर्घायुका लागि सूर्य देवता र छठी माईको आराधना गर्छन्। उनीहरूले चार दिनसम्म उपवास राख्दै सूर्यास्त र सूर्योदयमा अर्घ्य अर्पण गर्छन्।

यो वर्ष छठ पर्वको मुख्य दिन कात्तिक १० गते (कात्तिक शुक्ल षष्ठी) परेको छ। पर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भई षष्ठीका दिन सम्पन्न हुने परम्परा छ।वीरगञ्जको घडिअर्वा पोखरीमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर छठ पर्व मनाउने परम्परा रहँदै आएको छ।

अध्यक्ष कानुका अनुसार, “छठ पूजा गर्ने भक्तजनले सहज र सुलभ वातावरण पाऊन् भनेर व्यवस्थापनमा कुनै कमी राखिने छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय