काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो तीन महिनामा ५०० जना विदेशी नागरिकले नेपालमा काम गर्ने अनुमति (वर्क परमिट) प्राप्त गरेका छन्।
यीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन्, जो सडक, विमानस्थल र जलविद्युतजस्ता ठूला निर्माण परियोजनामा कार्यरत छन्।
गत आर्थिक वर्षमा ८९२ जना विदेशीले नयाँ वर्क परमिट लिएका थिए भने १,६६७ जनाले नवीकरण गरेका थिए।
त्यसै अवधिमा ४२ हजारभन्दा बढी नेपालीले विदेशी रोजगारीका लागि वर्क परमिट लिएका छन्।
पछिल्ला पाँच वर्षयता नेपालमा काम गर्न आउने विदेशीको संख्या क्रमशः बढ्दै गएको देखिन्छ।




