spot_img

रौतहटमा करेन्ट लाग्दा पूर्व वडाध्यक्षको मृत्यु

spot_img
spot_img

रौतहट,०६ कात्तिक ।  रौतहटको गौर नगरपालिका–५ मा करेन्ट लाग्दा पूर्व वडाध्यक्ष राम सोगारथ यादवको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार, बुधबार दिउँसो करिब ४ बजेर १५ मिनेटतिर आफ्नै खेतमा मोटर चलाउने क्रममा यादवलाई अचानक करेन्ट लागेको थियो।

घटनापछि गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौरतर्फ लगिँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक यादव सोही वडाका पूर्व वडाध्यक्ष रहेका थिए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ब्याट्री सर्ट भएर करेन्ट लागेको अनुमान गरिएको छ। डीएसपी कार्कीले भने, “मानवीय क्षति बाहेक अन्य भौतिक क्षति खासै छैन, तर ब्याट्री सर्ट हुँदा आगलागीको घटना भएको थियो।”

हाल यादवको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय