spot_img

बीरगन्जको घडिअर्वा पोखरीमा छठ तयारी तीव्र, ६० प्रतिशत काम सम्पन्न

spot_img
spot_img

बीरगन्ज,०६ कात्तिक । ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण घडिअर्वा पोखरी छठघाटमा यस वर्षको छठ पर्वका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको छ। छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार हालसम्म करिब ६० प्रतिशत तयारी पूरा भइसकेको छ।

समितिले यस वर्षको छठ पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन स्वास्थ्य, सरसफाइ र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको छ। सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष टोली परिचालन गरिनेछ, साथै स्वयंसेवकहरू पनि भक्तजनको सहजताका लागि सक्रिय रहनेछन्।

बीरगन्ज महानगरपालिकाको सहकार्यमा पोखरी परिसरमा खानेपानीका ट्यांकीहरू, सार्वजनिक शौचालय र फोहोर संकलन केन्द्रहरू स्थापना गरिने तयारी गरिएको छ। समितिका अनुसार, सम्पूर्ण तयारीका लागि करिब २५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ।

यस वर्षको छठ पर्वमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन मात्र होइन, भारतका पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्मबाट समेत श्रद्धालुहरू आउने अनुमान गरिएको छ। समितिले करिब दुई लाखभन्दा बढी भक्तजनको सहभागिता हुने अपेक्षा जनाएको छ।

अध्यक्ष साहका अनुसार, छठ पूजाका लागि कुनै किसिमको दस्तुर वा शुल्क लिइँदैन। “हामी पूर्ण रूपमा निःशुल्क सेवा प्रदान गर्छौं र सबै श्रद्धालुलाई समान पहुँच सुनिश्चित गर्छौं। यहाँ कुनै भेदभाव वा काखापाखी हुँदैन,” उनले स्पष्ट पारे।

पोखरी परिसरमा सजावट, प्रकाश व्यवस्था, सरसफाइ र धार्मिक सामग्रीको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ। समितिले भक्तजनलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यले सम्पूर्ण तयारीमा थप तीव्रता दिएको छ।

छठ पर्वको अवसरमा वीरगञ्जको घडिअर्वा पोखरी यस वर्ष पनि भव्य र आकर्षक छठघाटका रूपमा रूपान्तरण हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय