spot_img

सप्तरीमा युवकको शव झुण्डिएको अवस्थामा फेला

spot_img
spot_img

सप्तरी,०६ कात्तिक । सप्तरीको राजविराज नगरपालिका–१५, देउरी भरुवास्थित एक युवक आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

नगरपालिकाका बासिन्दा देवलाल यादवका छोरा, अन्दाजी ३० वर्षीय सञ्जय यादवको शव गएराति घरभित्रै पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुमान घरायसी झैँझगडाको तनावका कारण सञ्जयले आत्महत्या गरेको हुन सक्छ। यद्यपि घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।

घटनास्थलमा प्रहरी टोली पुगेको र मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय