spot_img

जसपा छठपछि मधेश सरकारमा सहभागी हुन्छ: सचिव साह

spot_img
spot_img

जनकपुर,०६ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले छठ पर्वपछि पार्टी मधेश प्रदेश सरकारमा सहभागी हुने जानकारी दिनुभएको छ।

साहले बिहीबारको विशेष भेटमा भने, मुख्यमन्त्री जितेन्द्रकुमार सोनलको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जसपा छठ पर्वपछि प्रवेश गर्ने तयारीमा रहेको छ। प्रदेश सरकारले विश्वासको मत लिएपछि गठबन्धन दलहरूको साझा कार्यक्रमअनुसार संसदीय दलले सक्षम र जनउत्तरदायी सांसदहरूलाई सरकारमा पठाउने निर्णय गरेको उनले जानकारी दिनुभयो।

साहले स्पष्ट पार्नुभयो, “जनताको विश्वास जित्दै मधेश प्रदेशलाई सुशासन, विकास र स्थायीतर्फ अघि बढाउने हाम्रो उद्देश्य छ। छठ पर्व सकिएलगत्तै मन्त्री चयन र सरकारमा सहभागिताको अन्तिम प्रक्रिया टुङ्गो लाग्नेछ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय