spot_img

आपराधिक मुद्दाका फरार अभियुक्त पक्राउ

spot_img
spot_img

राजविराज,०६ कात्तिक । सप्तरी प्रहरीले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा फरार रहेकामध्ये एक जनालाई पक्राउ गरेको छ।

सप्तरी प्रहरीका अनुसार मायादेवी यादवको जाहेरीका आधारमा वादी नेपाल सरकार प्रतिवादी नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नर्सिंह यादवसहितविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा निज प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गर्न जिल्ला अदालत सप्तरीले गत साल भदौ ७ गते अनुमति दिएको थियो।

उक्त अनुमतिअनुसार फरार रहेका प्रतिवादीको खोजतलास गर्ने क्रममा प्रहरीले एक जनालाई पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका व्यक्ति सप्तरी जिल्लाको रुपनी गाउँपालिका–४ निवासी ३३ वर्षीय लक्ष्मीकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत प्रहरी निरीक्षक प्रमोदकुमार साहले बताउनुभयो। उहाँका अनुसार लक्ष्मीलाई राजविराज नगरपालिका–८ स्थित उक्त सहकारी संस्थाको अगाडिको सार्वजनिक सडकबाट पक्राउ गरिएको हो।

उनलाई सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो। प्रहरी निरीक्षक साहका अनुसार पक्राउ परेका प्रतिवादीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

मुद्दामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय