Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

जेनजी आन्दोलनले सत्य र न्यायको नयाँ युगको सुरुवात गर्‍यो : प्रभु साह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०६ कात्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनलाई नेपालमा सत्य र न्यायको नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरेका छन्।

रौतहटको कटहरिया नगरपालिका–५ मा बिहीबार आयोजित तिहार, दीपावली र छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, “राणा विरोधी आन्दोलन, माओवादी जनआन्दोलन र मधेस आन्दोलनपछि जेनजी आन्दोलनले युवाको जीत र भ्रष्टाचारको अन्त्यको सङ्केत दिएको छ।”

साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनमा गरेको दमनलाई “इतिहासकै ठूलो गल्ती” भन्दै ओलीलाई “हत्यारा र भ्रष्टाचारको प्रतीक”का रूपमा चित्रण गरे। उनका अनुसार, “यो आन्दोलन दलतन्त्र र लुटतन्त्र अन्त्य गर्ने अभियान हो, देश अब युवाको नेतृत्वमा नयाँ दिशातर्फ अघि बढ्नेछ।”

तीन वर्षअघि पार्टीगत टिकट अस्वीकार गरी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएको स्मरण गर्दै साहले जनताको विश्वास नै आफ्नो शक्ति भएको बताए। उनका शब्दमा, “तीन वर्षदेखि सदनदेखि सडकसम्म जनताको हकहितमा लड्दै आएको छु—भन्सार, वैदेशिक रोजगार, सहकारी पीडित, किसान र सुकुम्वासीका सवालमा निरन्तर आवाज उठाइरहेको छु। षड्यन्त्र अझै जारी छ, तर सत्य अन्ततः जित्नेछ।”

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

ताजा समाचार

थप समाचार