spot_img

सांस्कृतिक विविधता एकताको शक्ति हो : अध्यक्ष माधवकुमार नेपाल

spot_img
spot_img

काठमाडौँ,,०६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चाडपर्वहरूको संरक्षणले सहअस्तित्व र सामाजिक एकतालाई सुदृढ बनाउने बताएका छन् ।

तिहार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले मुलुकमा रहेका सबै जाति, भाषा, धर्म र संस्कृतिका चाडपर्वहरूले नेपाली समाजलाई एक अर्कासँग बाँध्ने महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् । उनले भने, “हाम्रा चाडपर्वहरू केवल धार्मिक वा सांस्कृतिक अनुष्ठान होइनन्, ती सामाजिक सद्भाव र आपसी सम्मानका आधारस्तम्भ हुन्।”

नेपालले तिहारलाई आपसी माया, सहयोग र भ्रातृत्वको पर्वका रूपमा स्मरण गर्दै यसले नेपाली समाजमा सहअस्तित्व र एकताको सन्देश दिने विश्वास व्यक्त गरे । उनका अनुसार, विविधता नै नेपालको शक्ति हो र त्यसको संरक्षणले सामाजिक न्याय, समानता र सुशासनयुक्त राज्य निर्माणमा टेवा पुग्छ ।

पूर्वप्रधानमन्त्री नेपालले सबै समुदायबीच आपसी सहयोग र विश्वासका आधारमा राष्ट्र निर्माणमा लाग्न आग्रह गर्दै भने, “हामी सबैले खराब प्रवृत्तिको अन्त्य गरी एकअर्काको अस्तित्वलाई स्वीकार्दै सहकार्यमा अघि बढ्नुपर्छ।”

उनले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा मंगलमय तिहारको शुभकामना व्यक्त गर्दै तिहारले सबैमा नयाँ उमंग, प्रेरणा र राष्ट्रिय एकताको भावना जगाओस् भन्ने कामना गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय