spot_img

ललितपुरमा पेस्तोल र नगदसहित एक युवक पक्राउ

spot_img
spot_img

ललितपुर,०६ कात्तिक ।  ललितपुर प्रहरीले धापाखेलबाट एक युवकलाई अवैध हतियारसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक (एसपी) चक्र जोशीका अनुसार खोटाङ साकेला गाउँपालिका–१ का ३२ वर्षीय शिवकुमार बिकलाई गए राति साढे २ बजे पक्राउ गरिएको हो।

जोशीका अनुसार, धापाखेलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंका लागेपछि उनको खानतलासी गर्दा ५००००४९१ सिरियल नम्बरको चाइनिज पेस्तोल (गोली नभएको), म्याग्जिन, रु ४ लाख ७८ हजार नगद र मोबाइल फोन बरामद गरेको थियो।

पक्राउ परेका बिक हाल ललितपुर महानगरपालिका–२३, धापाखेलमा बस्दै आएका थिए। प्रहरीले हतियार कसरी र कहाँबाट ल्याइएको हो भन्ने विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय