Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

ललितपुरमा पेस्तोल र नगदसहित एक युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ललितपुर,०६ कात्तिक ।  ललितपुर प्रहरीले धापाखेलबाट एक युवकलाई अवैध हतियारसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक (एसपी) चक्र जोशीका अनुसार खोटाङ साकेला गाउँपालिका–१ का ३२ वर्षीय शिवकुमार बिकलाई गए राति साढे २ बजे पक्राउ गरिएको हो।

जोशीका अनुसार, धापाखेलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंका लागेपछि उनको खानतलासी गर्दा ५००००४९१ सिरियल नम्बरको चाइनिज पेस्तोल (गोली नभएको), म्याग्जिन, रु ४ लाख ७८ हजार नगद र मोबाइल फोन बरामद गरेको थियो।

पक्राउ परेका बिक हाल ललितपुर महानगरपालिका–२३, धापाखेलमा बस्दै आएका थिए। प्रहरीले हतियार कसरी र कहाँबाट ल्याइएको हो भन्ने विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

ताजा समाचार

थप समाचार