spot_img

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

spot_img
spot_img

काठमाडौं,०६ कात्तिक । काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।

मृतक तार्केश्वर नगरपालिका, पुसलका २६ वर्षीय अमित पुतुवार रहेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पुतुवारको स्थानीय सिटी अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो।

सुवेदीका अनुसार बिहीबार बिहान करिब ३ः४५ बजे बा।प्र।०२–०५३ प ९६७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई चिसापानी सडकखण्डअन्तर्गत तीनपिप्ले नजिक बिजुलीको पोलमा ठोक्किँदा चालक पुतुवार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सिटी अस्पताल लगिएको थियो तर बचाउन सकिएन।

सोही मोटरसाइकलमा सवार तार्केश्वर–३ का २० वर्षीय समिर पुतुवार घाइते भएका छन्। उनको हात, खुट्टा, टाउको र छातिमा चोट लागेको बताइँदैछ। चिकित्सकको सल्लाहमा उनलाई थप उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय