spot_img

कलैयामा सडक निर्माणका मागसहित युवाहरूको हस्ताक्षर अभियान, २२०० जनाको समर्थन

spot_img
spot_img

बारा,०६ कात्तिक ।  बाराका युवाहरूले सदरमुकाम कलैयाको जीर्ण सडक मर्मत तथा पुनर्निर्माणको माग गर्दै सञ्चालन गरेको हस्ताक्षर अभियानले उल्लेखनीय जनसमर्थन पाएको छ।

२०८२ असोज ३१ गते सुरु भएको अभियान कात्तिक ६ गतेसम्म चल्दा २,२०० भन्दा बढी स्थानीय बासिन्दाले हस्ताक्षर गरेर ३ किलोमिटर सडक निर्माणको मागमा ऐक्यबद्धता जनाएका छन्।

अभियन्ताहरूका अनुसार कलैयाको मुख्य सडक वर्षौंदेखि जीर्ण अवस्थाबाट गुज्रिँदै आएको छ, जसका कारण स्थानीय, विद्यार्थी र व्यापारीहरू दैनिक सवारी आवागमनमा समस्या भोगिरहेका छन्। “यो हाम्रो नागरिक पहल हो, राजनीतिक होइन,” एक अभियन्ताले भने, “अब हामी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मागपत्र बुझाएर तत्काल सडक निर्माण थाल्न आग्रह गर्नेछौं।”

स्थानीय व्यापारी र बासिन्दाले पनि युवाहरूको यस कदमको स्वागत गर्दै सरकारले जनगुनासोलाई तत्काल सम्बोधन गर्नुपर्ने माग गरेका छन्। उनका अनुसार, सडक सुधारले स्थानीय व्यापार, यातायात र जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय