Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

डेडिकेटेड लाइन’ विवाद :...

काठमाडौं,२३ कात्तिक । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको...

काठमाडौंको खुला ठाउँमा फोहोर...

काठमाडौँ,२३ कात्तिक । काठमाडौं महानगरपालिकाले बढ्दो वायु प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ महानगरभित्र...

२१ फागुनको निर्वाचन सफल...

काठमाडौं,२३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल...

जुकाको औषधि घाँटीमा अड्किँदा...

रुपन्देही,२३ कात्तिक । दाङमा जुकाको औषधि खुवाउने क्रममा १८ महिने बालिकाको मृत्यु हुने...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

निर्वाचन सफल पार्न सबै दलले सरकारलाई साथ दिनुपर्छ : वर्षमान पुन

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ कात्तिक । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी फागुन २१ गते निर्धारित निर्वाचन सफल पार्न सबै दलले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन्।

मङ्गलबार ललितपुरमा तिहार, नेपाल सम्वत र छठ पर्वका अवसरमा आयोजित चियापान कार्यक्रममा बोल्दै पुनले संविधानको कार्यान्वयनका लागि तय मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प नभएको बताए। “हामी चुनावका लागि पूर्णतः प्रतिबद्ध छौं,” उनले भने, “कांग्रेस र एमालेसहित सबै दलले पनि देशको स्थायित्वका लागि चुनावको पक्षमा उभिनुपर्छ।”

उनका अनुसार केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी केन्द्रले निर्वाचनको पक्षमा स्पष्ट समर्थन जनाएको थियो। “हामीले प्रधानमन्त्रीलाई भन्यौं हामी चुनावको पक्षमा छौं, तर अरू दलहरूलाई पनि त्यसका लागि अनुकूल वातावरण बनाउन प्रेरित गर्नुपर्छ,” पुनले स्मरण गरे।

- Advertisement -

जेनजी आन्दोलनबारे बोल्दै उनले २३ गतेको आन्दोलनलाई “सही जनआवाजको विस्फोट” र २४ गतेको हिंसात्मक घटनालाई “घुसपैठियाहरूको तोडफोड” भनेर व्याख्या गरे। उनले ती घटनामा संलग्न जो–कसैमाथि पनि निष्पक्ष कारबाही गर्न सरकारसँग माग गरे।

पुनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकारले जनताको आशा तोडेको र भ्रष्टाचार, बिचौलियापन र स्वार्थी प्रवृत्तिले नै देशलाई संकटतर्फ धकेलेको आरोप लगाए। “जनताको असन्तुष्टि नै जेनजी आन्दोलनको मूल कारण हो,” उनले भने।

प्रचण्डको ‘लाखौं जनता सिंहदरबार घेर्न आउँछन्’ भन्ने भनाइको सन्दर्भमा पुनले स्पष्ट पारे, “त्यो प्रतीकात्मक चेतावनी थियो, आगजनीको आह्वान होइन।” उनले माओवादी केन्द्रलाई अन्य दलहरूसँग एउटै रूपमा चित्रण गर्ने प्रयास असफल हुने बताउँदै भने, “सुशासन र जनउत्तरदायित्वका सवालमा माओवादी फरक छ हामीले सरकारमा रहँदा नेताको शिर झुकाउने काम गरेका छैनौं।”

भ्रष्टाचार र अनियमितता प्रकरणमा पूर्ण छानबिन गर्न माओवादी तयार रहेको उनले दोहोर्‍याए। “हामी जनताको पक्षमा छौं, दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ,” पुनले जोड दिए।

ताजा समाचार

थप समाचार