spot_img

छठको पारनका दिन पनि सार्वजनिक बिदा दिने मधेस सरकारको घोषणा

spot_img
spot_img

जनकपुर,०७ कात्तिक । मधेस प्रदेश सरकारले यस वर्ष छठ पर्वको पारनका दिन समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

संघीय सरकारले छठ पर्वमा केवल एक दिन  साँझ घाटपूजाको दिन अर्थात् कात्तिक १० गते सार्वजनिक बिदा घोषणा गरेको थियो। तर प्रदेशमा छुट्टै माग उठेपछि मधेस सरकारले छठको भोलिपल्ट, अर्थात् पारनका दिन कात्तिक ११ गते मंगलबार पनि बिदा दिने निर्णय गरेको हो।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै उक्त निर्णयको जानकारी गराएको छ। सूचनामा भनिएको छ,

“छठ पर्वको भोलिपल्ट कात्तिक ११ गते मधेस प्रदेशभर सार्वजनिक बिदा रहनेछ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय