मकवानपुर,०७ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७, निर्मलबस्ती मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटी का अनुसार, चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रक ले पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतान लाई ठक्कर दिएको थियो।
घटनास्थलमा गम्भीर घाइते भएकी स्याङतानलाई हेटौँडा अस्पताल लैजाँदा उपचारको क्रममा उनको मृत्यु भएको हो।
ठक्कर दिने ट्रकको चालक धनुषाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतो लाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको जनाएको छ।



