spot_img

बीरगन्जमा प्रदूषणविरुद्ध आक्रोश: स्थानीयले उद्योगका अधिकारीलाई कालो मोसो दले

spot_img
spot_img

बीरगन्ज,०७ कात्तिक । छठ पर्व नजिकिँदै गर्दा प्रदूषण नियन्त्रणको माग तीव्र बनेको छ। बीरगन्ज महानगरपालिका–३२, चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिका अधिकारीहरू स्थानीयवासीको आक्रोशको निशानामा परेका छन्।

स्थानीयवासीको एक समूहले शुक्रबार कम्पनीका अधिकारीहरूलाई कालो मोसो दलेर विरोध प्रदर्शन गरेको छ। उनीहरूका अनुसार, कम्पनीले उत्पादन गर्ने ‘म्याक्सोल ल्युब्रिकेन्ट’ बनाउने क्रममा निस्किने रासायनिक फोहोर नजिकैको नदीमा फालिँदा पानी अत्यधिक प्रदूषित भएको छ।

नदी प्रदूषणका कारण स्थानीयको स्वास्थ्यमा असर परिरहेको र छठ पर्वका व्रतालुहरूलाई नदीको पानी प्रयोग गर्न गाह्रो भइरहेको भन्दै स्थानीयहरू आक्रोशित बनेका हुन्।

विगत एक सातादेखि प्रदूषण नियन्त्रण वा उद्योग बन्द गर्ने माग गर्दै स्थानीयहरूले आन्दोलन गर्दै आएका थिए। तर माग सम्बोधन नभएपछि करिब ३०–४० जना स्थानीय कम्पनी परिसरमै प्रवेश गरी होहल्ला र विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ।

विवादको क्रममा केही अधिकारीमाथि कालो मोसो दलेर दुर्व्यवहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

छठ पर्वको पूर्वसन्ध्यामा प्रदूषणका कारण स्थानीयमा उत्पन्न भएको असन्तुष्टिले उद्योग व्यवस्थापन र प्रशासन दुबैको ध्यान तानेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय