Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

मधेश प्रदेशमा छठसँगै राजनीतिक चहलपहल, मुख्यमन्त्री सोनल विश्वासको मतका तयारीमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

७ कात्तिक, काठमाडौं । छठ पर्वको रौनकसँगै मधेश प्रदेशमा अहिले राजनीतिक सरगर्मी पनि बढेको छ । मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठलगत्तै विश्वासको मत लिने तयारी गरेपछि दलहरूबीच भेटघाट र संवाद तीव्र बनेका छन् ।

असोज २९ गते मुख्यमन्त्री बनेका सोनलले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । त्यसकै तयारी स्वरूप सत्तापक्ष र प्रतिपक्ष दुवै पक्ष साना दलहरूसँग छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेसकी सांसद अञ्जना पण्डितका अनुसार यस समयमा दलहरूबीचको संवाद स्वाभाविक हो । उनले भनिन्, “मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । त्यसको तयारी र दलहरूबीचको संवाद स्वाभाविक कुरा हो ।”

मधेश प्रदेशमा १० वटा दल छन् । नेकपा (एमाले), नेपाली कांग्रेससहित पाँच दलले सोनललाई समर्थन गरेका छैनन् । अहिले सोनललाई जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।

यी पाँच दलसँग जम्मा ५७ जना सांसद छन् — जसमा जसपाका १९, जनमतका १३, माओवादीका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ जना छन् । १०७ सदस्यीय प्रदेश सभामा सरकार कायम गर्न ५४ मत आवश्यक पर्छ ।

तर जनमत पार्टीका दुई सांसद सतिशकुमार सिंह र त्रिभुवन साहले जनमत फुटाएर जनस्वराज पार्टीमा सनाखत गरेका छन् । निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले स्थगित गरेको कारण उनीहरू अझै जनमतकै ह्वीपमा छन् ।

जसपा नेपालका एक सांसद सरोज सिंह कुशवाहा निलम्बनमा भएकाले विश्वासको मतमा सहभागी हुन पाउने छैनन् । यस्तो अवस्थामा दुई जनमत सांसदले मत नदिए सोनलको मत संख्या ५४ मा झर्ने सम्भावना छ, जसले सरकारलाई संकटमा पार्न सक्छ ।

मुख्यमन्त्री सोनलले भने आफूलाई विश्वासको मतमा समस्या नहुने दाबी गरेका छन् । उनले भने, “विश्वासको मतका लागि कुनै समस्या हुने छैन, सबै कुरा सकारात्मक छन्।”

जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि आफ्नो पार्टी विश्वासको मत दिलाउन अग्रसर हुने बताए । उनका अनुसार जसपाले सरकार बनाउन मुख्य भूमिका खेलेको हुँदा त्यसलाई स्थिर बनाउन पनि प्रतिबद्ध छ ।

“यो सरकार बनाउन हाम्रो अग्रणी भूमिका थियो,” उनले भने, “अब विश्वासको मत दिलाउने जिम्मेवारी पनि हामीले लिन्छौं । सरकारलाई सफल बनाउन हामी प्रतिबद्ध छौं ।”

ताजा समाचार

थप समाचार