Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

लोक पर्व आजदेखि शुरु, आज पहिलो दिन “नहाय-खाय के” बिधि गरिदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,८ कार्तिक – तराई क्षेत्रमा बिशेष बिधि पूर्वक मनाइने लोक पर्व छठ आजदेखि शुरु भएको छ । नेपाल सहित मित्र रात्र भारत र हिन्दु बाहुल्यता रहेको क्षेत्रहरु बिश्व भर मनाइने पर्व रौनकता तराईमा देखिन थालेको छ । छठ समाग्री किन्नेहरुको तराईको बजारहरु गुइचो लागेको छ । यो पर्व चार दिनसम्म कठिन बर्त वसी मनाइन्छ । छठको पहिलो दिन आज नहाय खाए के बिधि भएको छ । भोलीदेखि तीनसम्म निराहर वर्त वसी उदाउँदो र अस्थाउँदो सूर्यलाई अघ दिएर मनाइन्छ । छठ पर्वमा सुद्धतालाई बिशेष महत्व दिइन्छ ।

आज कार्तिक शुक्ल चतुर्थी शनिवारको दिनबाट ‘नहाय-खाय’ विधि गरेर शुभारम्भ भएको छ । छठ बर्तको पहिलो दिन पनि भनिने नहाय(खायमा व्रतालुहरूले नदी, पोखरी, वा अन्य पवित्र जलाशयमा स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्ने छन् । प्याज, लसुन, र माछा(मासुजस्ता तामसी भोजनलाई पूर्ण रूपमा त्यागेर शारीरिक र मानसिक शुद्धता प्राप्त गर्ने यो दिनलाई आत्म शुद्धिको प्रारम्भिक चरण मानिन्छ ।

आज व्रतालुहरूले चोखो चामल, दाल, र सागसब्जी र विशेषगरी लौकाको तरकारीबाट बनेको भोजन ग्रहण गरेर पर्वको लागि आध्यात्मिक तयारी गर्ने छन् ।

छठ पर्वको दोस्रो दिन अर्थात् भोली आइतबार कार्तिक शुक्ल पञ्चमीका दिन ‘खरना’ विधि गरिने छ । स्थानीय भोजपुरी भाषामा “रसीयाव रोटी” पनि भनिने छठको दोस्रो दिन व्रतालुहरूले दिनभर निराहार(निर्जल उपवास बस्ने छन् । साँझपख माटोको चुल्हो र भाँडामा पाक्ने धानको चामल, दूध, र सख्खरबाट खिर रसियाव तयार पार्दै यसअघि घाममा सुकाइएको गहुँको पिठोबाट रोटी अथवा पुवा पकाइने छ । तयार पारिएको प्रसादलाई केराको पातमा राखेर छठी मातालाई अर्पण गर्दै छठ व्रतालुहरूले पनि ग्रहण गरे पश्चात् परिवारका सदस्यहरू, छिमेकीहरू, र आफन्तहरूसँग प्रसादको रूपमा वितरण गरिने छ ।

 

छठ पर्वको चौथो र अन्तिम दिन अर्थात् सप्तमी तिथिमा व्रतालुहरू बिहान सबेरै छठ घाटमा पुगेर उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य अर्पण गर्छन् । छठ बर्तको अन्तिम दिनलाई भोजपुरी भाषामा ‘भोरिया घाट’ वा ‘परना’ भनिन्छ । पारना गरेसँगै छठ पर्व बिधि पुर्वक सिकन्छ  ।

ताजा समाचार

थप समाचार