spot_img

अर्जेन्टिनी स्टार लियोनल मेस्सी भारत यात्रा रद्द

spot_img
spot_img

८ कात्तिक, काठमाडौं — अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनको टिम अब भारत नआउने भएका छन्। १ मंसिर (१७ नोभेम्बर) मा केरलको कोच्चीस्थित जवाहरलाल नेहरू स्टेडियममा आयोजना हुने भनिएको मैत्रिपूर्ण खेल अन्तिम समयमा रद्द गरिएको हो।

खेलका प्रायोजक रिपोर्टर ब्रोडकास्टिङ कम्पनी का प्रबन्ध निर्देशक एन्टो अगस्टिनले सामाजिक सञ्जालमार्फत फिफाबाट अनुमति लिन ढिलाइ भएकाले खेल रद्द गरिएको जानकारी दिएका छन्। उनका अनुसार अर्जेन्टिना फुटबल एसोसिएसन (एएफए) सँग छलफल गरी निर्णय लिइएको हो।

यसअघि केरलका खेलमन्त्रीले अर्जेन्टिना टोली भारत आउने र मेस्सी सहभागी हुने घोषणा गरेका थिए। तर अब खेल रद्द भएपछि भारतीय फुटबलप्रेमी निराश बनेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय