spot_img

प्रधानमन्त्री–सुरक्षा निकायका प्रमुखहरुबीच भेट, निर्वाचन केन्द्रित छलफल गरिएको उल्लेख

spot_img
spot_img

काठमाडौँ, ८ कात्तिक — विभिन्न राजनीतिक दलहरूले सडक प्रदर्शनको तयारी गरिरहेका बेला प्रधानमन्त्री कार्कीले शनिवार बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूसँग मुलुकको सुरक्षा अवस्थाबारे छलफल गर्नुभयो। बैठकमा निर्वाचनको वातावरण बनाउन आवश्यक शान्ति–सुरक्षाको प्रत्याभूति र सम्भावित जोखिमबारे सूक्ष्म विश्लेषण गरिएको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो।

उहाँका अनुसार सरकार अहिले सुरक्षा स्थिति सामान्यीकरण र स्थायित्वमा केन्द्रित छ। राजनीतिक दलहरूले आफ्ना मागहरू सडकमा होइन, संवादमार्फत राख्नुपर्नेमा उनले जोड दिनुभयो। अर्यालले भन्नुभयो, “सरकार सबै दलसँग संवादका लागि तयार छ। हिंसा, सम्पत्ति क्षति वा अधिकार हनन बिना अहिंसात्मक ढंगले अघि बढ्नु आवश्यक छ।”

उनका अनुसार, सरकार अभिभावकको भूमिकामा रही सबै पक्षलाई संयमित र जिम्मेवार राजनीतिक आचरण अपनाउन आग्रह गर्दै संवादलाई नै मुख्य बाटो बनाउने नीति लिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय