spot_img

छठ मनाउन काठमाडौं महानगरले तोक्यो ८ स्थान

spot_img
spot_img

काठमाडौँ, ८ कात्तिक — काठमाडौं महानगरपालिकाले यस वर्ष महानगरभित्र छठ पर्व मनाउन आठ स्थान तोकेको छ। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलनमार्फत् कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभान, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पर्वका मुख्य स्थलका रूपमा निर्धारण गरिएको जानकारी दिनुभयो।

पाण्डेका अनुसार महानगरले ती स्थानहरूमा सरसफाइ अभियान सुरु गरेको छ र करिब ३०० भन्दा बढी सरसफाइकर्मी परिचालन गरिएको छ। छठ पर्वमा कुनै कमी नहुने गरी तयारी भइरहेको उनले बताए।

त्यसैगरी उनले छठ पर्वको नाममा ताल वा पोखरीमा पैसा उठाउन निषेध गरिएको स्पष्ट पार्दै, कसैले कुनै शुल्क लिन खोजेमा तत्काल महानगरलाई जानकारी गराउन अनुरोध गर्नुभयो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय