spot_img

माइतीघर मण्डला एक पक्षको मात्र बनाइएको एमाले महासचिव पोखरेलको आरोप

spot_img
spot_img

८ कात्तिक, काठमाडौं — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माइतीघर मण्डलालाई एक पक्षीय रूपमा प्रयोग गरिएको आरोप लगाएका छन्। उनका अनुसार, राज्यप्रतिको असन्तुष्टि, फरक मत र जनआवाज उठाउने थलोका रूपमा रहेको माइतीघर मण्डला अहिले केही सीमित समूहको प्रदर्शनस्थलमा सीमित गरिएको छ।

पोखरेलले काठमाडौं महानगरका मेयर बालेन साह, ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकहरूले मात्र त्यहाँ प्रदर्शन गर्न पाउने अवस्था सिर्जना गरिएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत् पोखरेलले लेखेका छन्, “माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्र होइन, सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्र प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो।”

उनले माइतीघर मण्डलालाई सबै नागरिकको स्वतन्त्र अभिव्यक्तिको साझा मञ्चका रूपमा कायम राख्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय