spot_img

जेन–जी आन्दोलनको बहानामा अपराध गर्ने दण्डित हुने : प्रहरी महानिरीक्षक खापुङ

spot_img
spot_img

८ कात्तिक, काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेन–जी आन्दोलनको बहानामा भएका अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू दण्डित हुने चेतावनी दिनुभएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आन्दोलनको आडमा समाजलाई धमिल्याउने र अस्थिरता फैलाउने प्रयासहरू गलत भएको बताउँदै, त्यस्ता गतिविधि रोक्न प्रहरीले कडा कदम चाल्ने स्पष्ट गर्नुभयो।

आईजीपी खापुङले भन्नुभयो, “जेन–जी आन्दोलनको नाममा अपराध गर्नु स्वीकार्य छैन। त्यस्ता कार्यहरू क्रमशः दण्डित हुनेछन्।”

उहाँले आन्दोलनपछि प्रहरीको मनोबल खस्केको भन्ने धारणा असत्य भएको पनि बताउनुभयो। उनका अनुसार, स्थानीय जनताको सहयोगमा देशभरका प्रहरी चौकीहरू पुनःस्थापित भइसकेका छन्।

खापुङले प्रहरीको जिम्मेवारी समाजमा शान्ति र कानुनी शासन कायम राख्नु रहेको भन्दै, “प्रहरीले अपराधका सबै रूप रोकेर ‘नो’ भन्न सक्नुपर्छ,” भन्नुभयो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय