Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

अख्तियारले प्रदेश प्रमुख समक्ष...

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख...

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

वीरगञ्जमा छठ पूजाको तयारी: घडीअर्वा पोखरीमा कडा सुरक्षा, लाखौँ भक्तजनका लागि विशेष व्यवस्था

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, पर्सा — आगामी छठ पर्वलाई लक्षित गर्दै पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले वीरगञ्ज–१० स्थित प्रसिद्ध घडीअर्वा पोखरी छठ घाटमा कुनैपनि सुरक्षा त्रुटि हुन नदिने प्रतिबद्धता जनाएका छन्। देशकै प्रमुख छठ घाटमध्ये एक मानिने घडीअर्वामा हरेक वर्ष करिब १ लाख ५० हजारभन्दा बढी व्रतालु र भक्तजनहरू पूजा तथा दर्शनका लागि आउने गर्छन्।

शनिवार घडीअर्वा छठ पूजा व्यवस्थापन समितिद्वारा आयोजित बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले जिल्ला सुरक्षा समितिको बैठक बसेर विस्तृत सुरक्षा रणनीति तय गरिने जानकारी दिए। उनले भीड व्यवस्थापन, सम्भावित दुर्घटना नियन्त्रण र सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाउँदै भने, “घडीअर्वा छठ घाट वीरगञ्जको पहिचान र प्रतिष्ठासँग जोडिएको स्थान हो, त्यसैले यसको सुरक्षामा हामी पूर्ण गम्भीर छौं।”

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले प्रहरी प्रशासन स्वयंसेवकसँग मिलेर घाट क्षेत्रमा सशक्त सुरक्षा व्यवस्था गर्ने जानकारी दिए। उनका अनुसार, घाट परिसरमा सिसिटिभी कन्ट्रोल रुम स्थापना गरिनेछ र एक प्रहरी अधिकृतको कमान्डमा छुट्टै टोली परिचालन गरिनेछ।

- Advertisement -

त्यस्तै, सशस्त्र प्रहरी उपरीक्षक पुराणचन्द्र भट्टले पोखरीको जलाशयमा मोटरेबल बोटसहितको तालिमप्राप्त टोली तथा महिला सुरक्षाकर्मी खटाइने जानकारी दिए।

घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका सुरक्षा उपसमितिकी मुना साहका अनुसार, यस वर्ष २० भन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिएको छ र घडीअर्वा स्पोर्ट्स क्लबका ६० जना स्वयंसेवकलाई व्यवस्थापनका लागि परिचालन गरिनेछ। समितिका अध्यक्ष राकेश साहले विगतको तुलनामा यस वर्ष सुरक्षा व्यवस्थालाई अझ सुदृढ र व्यवस्थित बनाइने बताए।

यस्तै, सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै घाट परिसरबाहिर एम्बुलेन्स, वारुण यन्त्र र प्राथमिक उपचार शिविरको व्यवस्था गरिने घडीअर्वा स्पोर्ट्स क्लबका प्रभाकर गुप्ताले जानकारी दिए।

बैठकमा नेपाली सेनाको श्रीजंग गणका गणपति, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, वीरगञ्ज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष सुशील साह कानु, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख युवराज कटुवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदीलगायत सरोकारवालाको सहभागिता थियो।

आयोजक समितिले सबै पक्षको सहकार्यमा यस वर्षको घडीअर्वा छठ पूजालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन कडा सुरक्षा व्यवस्था सुनिश्चित गरिएको जनाएको छ।

ताजा समाचार

थप समाचार